हिमपहिरोकाे जोखिम कायमै, सतर्कता अपनाउन आग्रह
नेपालखोज
२०७८ कार्तिक २९ गते ९:३६

काठमाडाै । जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपहिरो जाने क्षेत्रमा नजान आग्रह गरेको छ । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिमपहिरोको जोखिम कायमै रहेकाले उक्त क्षेत्र नजिकै नजान प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आग्रह गरेका हुन् ।
नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ ।
तर पनि तत्कालका लागि पहिरोको त्रासकै कारण स्थानीय बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था भने रहेको छैन। यस्तै मुस्ताङको थासाङ गाउँपालिका–२ को जंगलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया