बिहीबार, जेठ २, २०८२

सिद्धार्थ राजमार्ग अवरुद्ध

नेपालखोज २०७८ कार्तिक २९ गते १०:०१


काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभानमा ठूलो ढुंगासहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

ठूलो ढुंगासहितको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो पन्छाएर एकतर्फी खुलाउने प्रयास गरेपनि ढुंगा ठूलो भएकाले नसकिएको दोभान प्रहरीका चौकी प्रमुख विष्णु कुँवरले जानकारी दिए ।

सोमबार बिहान ५ बजेतिर सडकको माथिल्लो भागबाट पहिराे खसेकाे हाे । सडक डिभिजन पाल्पालाई ढुंगा फुटाउनका लागि आग्रह गरिएको भएपनि काम सुरु भइसकेको छैन । राजमार्गको छेउबाट मोटरसाइकल वारपार गर्न सकिएपनि अन्य सबै सवारी साधन ठप्प रहेको छ ।

प्रतिक्रिया