बुधबार, जेठ १, २०८२

चौबीस घण्टामा ४१६ संक्रमित थपिए, २७० जना डिस्चार्ज

नेपालखोज २०७८ कार्तिक २९ गते १६:४६

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २७० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५५४ जनाको पीसीआर परीक्षणबाट ३६७ र ४ हजार ८४८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४९ जना गरी जम्मा ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ ।

प्रतिक्रिया