‘पत्रकारको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्छ’

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको उल्लेख गर्दै त्यसले जनसरोकारका सबै आवाजहरुलाई उजागर गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै उनले राससले सरकारको प्रवक्ताको रुपमा काम गर्नुपर्ने बताउँदै सरकारको कमी कमजोरीलाई पनि पारदर्शी रुपमा आवाज उठाउनु पर्ने बताए । अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताए ।
अर्थमन्त्री शर्माले सरकारमा भएका भ्रष्टाचार र अपारदर्शीताविरुद्ध आवाज उठाउँदै आत्मनिर्भर अर्थतन्त्रमा अघि बढेर राष्ट्रिय स्वाधीनता, रोजगारी र युवा जनशक्तिलाई देशमै स्थापित गर्ने काममा प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया