स्वास्थ्य प्रतिष्ठान कर्णालीका उपकुलपतिलाई काममा रोक नलगाउनू : पाटन उच्च अदालत
नेपालखोज
२०७८ कार्तिक २९ गते १७:२०

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञन प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक नलगाउन पाटन उच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज गर्न रोक लगाएका थिए । उनले उपकुलपतिको कामकाज गर्ने गरी डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए ।
मन्त्री खतिवडा र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति डा. रावलले दिएको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सम्बन्धित
प्रतिक्रिया