बुधबार, जेठ १, २०८२

मंसिर ३ देखि ५ गतेसम्म हस्तकला व्यापार मेला हुने

नेपालखोज २०७८ कार्तिक २९ गते १९:२०

काठमाडाैं । १८औं हस्तकला व्यापार मेला तथा १६औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंमा हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गते देखि ५ गतेसम्म काठमाडौंको होटेल हायात रेजेन्सीमा मेला तथा प्रदर्शनी हुने भएको हो ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजार प्रबद्र्धन तथा निर्यात व्यापारमा समेत टेवा पुर्‍याउने उद्देश्यले मेला गर्न लागेको बताएको छ ।

मेलामा १ सय २० भन्दा बढी व्यापारीक स्टल राखिने छन् । यस्तै, निर्यातजन्य विभिन्न ३६ विधाका हिस्तकला वस्तुहरुको प्रदर्शनी पनि हुने छ । करिब ३० हजारभन्दा बढीलाई मेला अवलोकनको निःशुल्क प्रवेश पास वितरण गरिने पनि आयोजनकले बताएको छ ।

मेला अवलोकन गर्न एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । प्रदर्शनीमा हस्तकला वस्तुहरु निर्यात गर्ने बर्षको उत्कृष्ट उद्यमी सम्मान तथा आर्टिस् अफ दि एयर सम्मान प्रदान गर्ने महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।

साथै हस्तकलाका विभिन्न विधामा संलग्न ७० बर्ष नाघेका १० जना जेष्ठ नागरिक तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए । यस्तै, परम्परागत तथा समसामयिक हस्तकला विधामा कला प्रतियोगिता हुने पनि उपाध्यक्ष रविन्द्र शाक्यले बताए ।

हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित पुरस्कार प्रदान गरिने छ । यस्तै, दोस्रो हुनलाई ३० जार र तेस्रो हुनेलाई २० हजार नगदसहित पुरस्कार प्रदान गरिने छ । मेला तीन दिनसम्म चल्ने छ । मेलामा झण्डै तीन देखि पाँच करोड रुपैयाँसम्म कारोबार हुने महासंघले अनुमान गरेको छ ।

प्रतिक्रिया