बुधबार, जेठ १, २०८२

मुगु सदरमुकाम गमगढी बजारमा आगलागी

नेपालखोज २०७८ कार्तिक ३० गते ७:०२
प्रतीकात्मक तस्बिर

काठमाडौं । मुगु सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिनका लागि एउटा कच्ची घर भत्काइएको जनाइएकाे छ ।

गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २१ घर पूर्ण रुपमा क्षति भएको जानकारी दिए ।

प्रतिक्रिया