कोरोना भाइरसले रक्त व्यवस्थापनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न रक्तदान (तस्बिरसिहत)

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) ले चौतर्फी आक्रान्त बनाउँदै रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न डाेटीमा रक्तदान कार्यक्रम गरिएकाे छ ।
सिलगढी, डोटी र नेपाल स्वयंसेवी रक्तदान समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रक्तदाता कार्यक्रम भएको हाे ।

स्वयंसेवी रक्तदाताहरूलाई थप अझ बढी संगठित बनाइ पीडितलाई कसरी रगत र रगतबाट तयार पारिएका रक्त (तत्वहरूको सहज तवरले आपूर्ति गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज डोटी जिल्ला शाखा गठन गरिएको छ ।
उक्त भेलाले स्वयंसेवी रक्तदाता सुशील घर्तीको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज डोटी जिल्ला शाखा गठन गरेकाे छ । उक्त गठित जिल्ला कार्यसमितिमा उपाध्यक्ष प्रशिस महरा, सचिव विजयराज श्रेष्ठ, कोषाध्यक्ष बिस्ना केसी र सदस्यहरूमा क्रमशः धर्मराज जोशी, नरेश मलासी, शेरबहादुर बोगटी, खेमराज गुरूङ, उत्तम खड्का, अभिषेक केसी, अमित अमात्य, रामचन्द्र भट्ट र प्रकाश केसीलाई सर्वसम्मत चयन गरिएको छ ।

डोटेली समाज काठमाडौंका अध्यक्ष एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य जगदीश केसीको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन लक्ष्मण मलासीले गरेका थिए । उक्त अवसरमा सर्वाधिक रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले पनि रक्तदान गरेका थिए । कर्माचार्यको यो रक्तदान १६८औं पटकको हो ।

प्रतिक्रिया