सुनको भाउ ५ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ कार्तिक ३० गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन ५ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेको छ । तेजावी सुन आज ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया