बुधबार, जेठ १, २०८२

जारी हुँदै ई-पासपोर्ट

नेपालखोज २०७८ मंसिर १ गते ९:२४

काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले आज दिउँसो ई–पासपोर्ट वितरणको औपचारिक सुरुवात गर्ने कार्यक्रम रहेछकाे छ ।

राहदानी विभागका अनुसार विभागले केही दिन थोरै संख्यामा मात्रै ई–पासपोर्ट वितरण गर्ने छ । पूर्ण क्षमतामा ई–पासपोर्ट वितरण नहुँदासम्म एमआरपी वितरणले पनि निरन्तरता पाउने छ । 

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । अब ई-पासपोर्ट वितरण सुरु हुने विभागले जनाएकाे छ ।

प्रतिक्रिया