नेप्से १६ अंकले बढ्दा सात अर्ब ३७ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से सूचकसंगै कारोबार रकम पनि उच्चरुपमा बढेको छ । अघिल्लो दिन ६९ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज पनि १६ दशमलव ९५ अंकले बढेर २८ सय एक दशमलव ५२ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंकले बढेर पाँच सय २५ दशमलव ४४ अंकमा पुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको ७७ हजार पाँच सय १८ पटकको कारोबारमा एक करोड १९ लाख ४३ हजार आठ सय ५८ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज सात वटा समूहहरुको सूचक बढेकाछन् भने छ वटा समूहहरुको सूचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ७२ अंकले बढेर १८ सय ५०९ दशमलव ७८ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक ७१ दशमलव ९८ अंकले बढेर ३२ सय ८४ दशमलव छ अंकमा चढेको छ ।
यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, ट्रेडिङ, अन्य र लघुवित्त समूहहरुको सूचक पनि बढेकाछन् । विकास बैंक समूहको सूचक भने आज ७५ दशमलव ७९ अंकले घटेर ५५ सय ३४ दशमलव ५१ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ८४ दशमलव ७१ अंकले घटेर १५ हजार तीन सय ४५ दशमलव १५ अंकमा झरेको छ । यि बाहेक निर्जिवन बीमा, उत्पादमुलक, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेकाछन् ।
नेप्सेमा आज पञ्चकन्यामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ८८ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा बोटर्लस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ४७ प्रतिशतले घटेर १३ हजार एक रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १३ सय ९० रुपैयाँ अन्तिम मूल्यमा ५८ करोड ६८ लाख ६२ हजार नौ सय ५५ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोवार रकम मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया