नेपाल बारले भन्यो- जबराको राजीनामापछि पनि सम्पत्ति विवरण संकलन र छानबिन गरिन्छ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन आह्वान गरेका छन् ।
नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालतमा धर्ना दिनु अघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन गरीने र छानविन हुने उनले बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए । जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उनले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिए । उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए ।
प्रतिक्रिया