‘सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागि परेको छ’

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागि पर्ने बताएका छन् ।
बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नु परेको स्विकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागि पर्ने बताए ।
देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उनले बताए । नेपाल र अन्य धनिमानी भनिने देशहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताए ।
मन्त्री खड्काले देशलाई आर्थिकरुपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताए । उनले आगामी दिनमा नेपाली नागरिकहरुले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया