बिहीबार, जेठ २, २०८२

निस्कियो कागेश्वरीमा जमिनमुनिबाट ग्यास

नेपालखोज २०७८ मंसिर १ गते १९:०३

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरामा ग्यास निस्किएको छ । आज दिउँसो १२ बजे कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।

स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो । सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ । ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगे पछि स्थानीय अलमलमा परेका छन् ।

ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिएको थियो । यद्यपी ग्यास नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् । भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया