बुधबार, जेठ १, २०८२

क्यानडामा तुफान, ब्रिटिस कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा

नेपालखोज २०७८ मंसिर २ गते ८:०७

काठमाडाैं । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।

विपत्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका बीबीसीले जनाएकाे छ । उक्त क्षेत्रमा आइतबार राति ठूलो तुफान आएको थियो । त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन् ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए । पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन् । उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ । बीबीसी

प्रतिक्रिया