नेपालले मागेको खोप अमेरिकाले चाँडै दिने

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्रको अवलोकन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासँग पुगेर उनले खोप केन्द्रको अवलोकन गरेका हुन् ।
स्वास्थ्य मन्त्री खतिवडा र अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा दिएको कोरोनाको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गरेको हो ।
फाइजर बायोएनटेक खोप ६० लाख मात्रामा नेपाल ल्याउन अमेरिकासँग नेपाल सरकारले सम्झौता गरेको छ । फाइजर खोप ल्याउन भुक्तानीका लगि सरकारले निर्णय गरिसकेको स्वास्थ्यमन्त्री खतिवडाले जनाएका छन् ।
खोप केन्द्रको अवलोकपछि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले फाइजर खोपले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने बताए । उनले नेपाललाई मागेको कोरोनाको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया