बुधबार, जेठ १, २०८२

अमेरिकी सहायक विदेशमन्त्री ‘लु’ स्वदेश प्रस्थान

नेपालखोज २०७८ मंसिर ३ गते २१:३२

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड ‘लु’ स्वदेश प्रस्थान गरेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यका साथ बुधबार साँझ काठमाडौंं आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड ‘लु’ आज साँझ स्वदेश प्रस्थान गरेका हुन् ।

तीन दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकन गरेका थिए। सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतिरमण पौडेलले बिदाइ गरे ।

प्रतिक्रिया