बुधबार, जेठ १, २०८२

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

नेपालखोज २०७८ मंसिर ४ गते १५:३१

काठमाडौं । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उडाएका छन् ।

बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।

आजै युवा संघ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौंमा मोटरसाइल र्‍याली गरेको छ । संका अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए ।

महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया