बुधबार, जेठ १, २०८२

ओलीको आरोप – सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाति हिँड्नै सक्दैनन्

नेपालखोज २०७८ मंसिर ४ गते १७:४०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन् । अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबीसमेत गरे ।

नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई काँग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताए । अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वँच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे ।

उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहोर्‍याए । अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराए । उनले चाडपर्वै पिच्छे फरकफरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताए ।

प्रतिक्रिया