बुधबार, जेठ १, २०८२

थप २४२ मा कोरोना संक्रमण पुष्टि, ४४४ जना डिस्चार्ज

नेपालखोज २०७८ मंसिर ४ गते १७:५२

काठमाडौं । नेपालमा बितेको चौबीस घण्टामा थप २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको ४ हजार १४५ जनाको परीक्षणमा २०९ र एन्टिजेन विधिबाट गरिएको २ हजार ९९१ जनाको परीक्षणमा ३३ जना गरि कुल २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४४४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ । नेपालमा हाल संक्रमण निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३०३ रहेको छ ।

त्यस्तै, नेपालमा कोरोना स‌क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना स‌क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

प्रतिक्रिया