शनिबार, जेठ ४, २०८२

लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले हरायो

नेपालखोज २०७८ मंसिर ५ गते १०:२५

काठमाडौं । इङिलस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले आर्सनललाई ४–० गोलअन्तरले पराजित गर्यो ।

लिभरपुलका साडियो मानेले खेलको ३९ औं मिनेटमा हेडिङमार्फत गोल गरे । ५२ औं मिनेटमा डिएगो जोटाले दोस्रो गोल गरेका थिए । त्यस्तै मोहम्मद सलाहले ७३ औं मिनेटमा गोल गरे । टाकुमी मिनामिनोले ७७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा पुगेको छ । शीर्षस्थानमा रहेको चेल्सीले २९ अंक जोड्दा लिभरपुलले २५ अंक जोडेको छ । आर्सनल अंक तालिकाको पाँचौं स्थानमा छ ।

प्रतिक्रिया