पत्रकारलाई महासंघले भन्यो- दलको राजनीति गर्ने भए महासंघ छोड !

काठमाडौं । नेपाल पत्रकार महासंघले दलको राजनीति गर्ने पत्रकारहरुलाई महासंघ छोड्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारहरु विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेद्वार र प्रतिनिधिमा आवद्ध बनेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्र्र्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरुमा अहिले धमाधम चुनाव हुन वा प्रतिनिधि चयन हुन क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोजना तथा टिप्पणीलाई महासंघले गम्भीररुपमा लिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघको विधान २०६० –पाँचौँ संशोधन २०७६) ले प्रष्ट रुपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यहरुले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै तहो विभाग वा समितिमा रही का मगर्न पाउने छैन’ भन्ने व्यवस्था गरिएको छ ।
महासंघले राजनीतिक दव वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने तथा सदस्यता नै खारेज गर्नेसम्मको निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन आग्रह गरेको छ ।

प्रतिक्रिया