बिहीबार, जेठ २, २०८२

राष्ट्र बैंकले भोलि १४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपालखोज २०७८ मंसिर ५ गते १८:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर सात गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको ११ करोड रुपैयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुन १० गते, २०७९ जेठ १० गते र २०७९ साल मंसिर ६ गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैंकले यही कात्तिक २९ गते ११ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया