बिहीबार, जेठ २, २०८२

एमाले स्थायी कमिटीको बैठक भोलिलाई सर्‍यो

नेपालखोज २०७८ मंसिर ६ गते १५:२६

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि (मंगलबार) का लागि सारिएको छ । आज (सोमबार) दिउँसो ३ बजेदेखि बस्ने भनिएको बैठक भोलिका लागि सारिएको हो ।

बैठक भोलि बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमालेले जनाएको छ । आगामी महाधिवेशन र देशको केही महत्त्वपूर्ण विषयमा छलफल गर्न भनेर बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण सरेको जनाइएको छ ।

बैठकमा पाँच प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे पनि छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया