बिहीबार, जेठ २, २०८२

सुनचाँदीकाे भाउ सामान्य बढ्याे

नेपालखोज २०७८ मंसिर ६ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुन २ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९३ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया