चौबीस घण्टामा ३८५ संक्रमित थपिए, २५८ जना डिस्चार्ज, ४ काे मृत्यु
नेपालखोज
२०७८ मंसिर ६ गते १६:०७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २५८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९२१ जनाको पीसीआर परीक्षणबाट ३६७ र २ हजार ७७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १८ जना गरी जम्मा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया