कांग्रेस नुवाकोटको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा महत समूह विजयी

काठमाडाैं । नेपाली कांग्रेस नुवाकोटको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा अर्जुननरसिंह केसी समूह पराजित भएको छ भने डा.प्रकाशशरण महत समूहले प्रदेश निर्वाचन क्षेत्रमा जित हासिल गरेकाे छ ।
नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ को सभापतिमा सुशील खड्का विजयी भएका छन् । ‘क’को सभापतिमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफ्ना स्वकीय सचिव सरोज केसीलाई उम्मेदवार बनाएका थिए । प्रदेश सभा ‘ख’को सभापतिमा रामजी पौडेल विजयी भएका छन् । केसी समूहका सभापतिका उम्मेदवार ऋषिकुमार तामाङ पराजित भएका छन् ।
नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’को केन्द्रीय सदस्य बहादुरसिंह लामा समर्थक गणेशमान तामाङ निर्वाचित भएका छन् । केसी समूहबाट सभापतिमा उम्मेदवार बनेका आतमसिंह तामाङ पराजित भएका छन् ।
नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा ‘क’को सभापतिमा बैकुण्ठबहादुर पाण्डे विजयी भएका छन् । केसी समूहका सभापतिका उम्मेदवार अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ पराजित भएका छन् ।
प्रतिक्रिया