महेश बस्नेतद्वारा सचिवमा उम्मेद्वारी घोषणा

काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेद्वारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दाबीसमेत गरे ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आँफै पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्कसमेत गरे ।
उनले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरुको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताए । नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेद्वारी फिर्ता गर्न पनि आग्रह गरे ।
रावलले अध्यक्षमा उम्मेद्वारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझावसमेत दिए।
नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरु र देश बूँदे सहमतीको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताए ।
प्रतिक्रिया