चौबीस घण्टामा थप ३३२ जनामा संक्रमण पुष्टि, २३२ डिस्चार्ज
नेपालखोज
२०७८ मंसिर ८ गते १६:४४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ५९० जनाको नमुना परीक्षण गर्दा ३०५ र एन्टीजेन विधिबाट २ हजार ३३० जनाको परीक्षण गर्दा २७ गरि कुल ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५१३ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २३२ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १ हजार १२२ पुगेको छ । नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया