सभापतिमा चारजनाको नाम दर्ता
नेपालखोज
२०७८ मंसिर ११ गते ७:४७

दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चारजनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षधबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार क्षेत्र १ बाट जानकीलाल बस्नेत, क्षेत्र २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरु तीनैजना संस्थापन पक्षका हुन् ।
त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र ३ का शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी जिल्ला सचिव पनि हुन् । -रासस
सम्बन्धित
प्रतिक्रिया