‘ए’ डिभिजन लिग : च्यासलसँग एपीएफ पराजित
नेपालखोज
२०७८ मंसिर ११ गते १५:३९

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शनिबार) भएको खेलमा च्यासल क्लबले एपीएफ क्लबलाई हराएको छ । च्यासलको जितका लागि रुपेश बर्तौलाको एकमात्र गोल निर्णायक भएको छ ।
आज भएको खेलबाट च्यासलले पहिलो जित निकालेको हो । एपीएफ क्लवको भने लगातार दोस्रो हार हो ।
दशरथ रंगशालामा दिउँसो भएको खेलमा पहिलो हाफमा कुनै पनि समूहले गोल गर्न सकेनन् । च्यासलले पहिलो खेलको हारबाट कमब्याक गर्दै तीन अंक जोड सफल भएको छ ।
सम्बन्धित
प्रतिक्रिया