प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
नेपालखोज
२०७८ मंसिर १२ गते ६:०६

काठमाडाैं । हाल नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्मानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया