सहिद स्मारक ‘ए’ डिभिजन लिग – आज दुई खेल हुँदै
नेपालखोज
२०७८ मंसिर १३ गते ११:१३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दोस्रो चरणका अन्तिम दुई खेल हुँदैछन ।
पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) बीच दशरथ रंगशालामा हुँदैछ । बिग्रेड ३ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । अंक बनाउन असफल एनआरटी १२ औँ स्थानमा छ ।
दोस्रो खेल साँझ पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबबीच हुने छ । मच्छिन्द्र तीन अंकसहित तालिकाको छैटौँ स्थानमा छ । त्रिभुवन आर्मी १ अंकसहित आठौँ स्थानमा रहेको खेल आयोजकले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया