शनिबार, जेठ ४, २०८२

‘हरेक मानिस बस्ने घर तथा सहर बस्न लायक र सुरक्षित हुनुपर्छ’

नेपालखोज २०७८ मंसिर १३ गते १६:३४
फाइल तस्बिर

काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परिक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताइन् । उनले अहिले पनि नेपालको जनसंख्याको ठूलो हिंसा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताइन् । शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने बताइन् ।

मन्त्री झाँक्रीले भनिन्, ‘हरेक मानिसहरु बस्ने घर तथा सहर बस्न लायक र सुरक्षित हुनुपर्छ । त्यसको लागि हामी विभिन्न अध्ययन मार्फत भूकम्पबाट जोखिममा परेका मात्रै नभएर सम्भावित जोखिमलाई समेत प्राथमिकता दिएर घर जोगाउने प्रयास जनता र सरकार दुवैले गर्नुपर्छ । जुन पुल्चोक क्याम्पसले गरेको अध्ययन मार्फत गरेको जागरण महत्वपूर्ण छ । यस्तै अध्ययनबाट मात्रै प्राकृतिक प्रकोपबाट सुरक्षित हुन सकिन्छ । त्यसका लागि जोखिममा घर भएका जनतालाई सरकारले भूकम्प प्रतिरोधक सुरक्षित घर बनाई दिने कार्य अगाडी बढाएको छ।’

मन्त्री झाँर्कीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताइन् । सरकारले यस विषयमा योजनावद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्यले सरकारको रहेको बताइन् । २०७२ सालको भूकम्पबाट भत्किएका घर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताइन् ।

प्रतिक्रिया