बद्रिप्रसाद पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले पार्टीको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रिय सदस्य पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए ।
केन्द्रिय सदस्य पाण्डेले विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको बताए ।
पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको सोचलाई पार्टीमा अघि बढाउने उनले बताए । केन्द्रिय सदस्य पाण्डेले देशभरका साथीहरुले पदाधिकारीमा पुग्नुपर्छ भन्ने सुझाव आएपछि उम्मेदवारी दिएको बताए ।
प्रतिक्रिया