आइतबार, जेठ ५, २०८२

झन्डै दुई अंकले नेप्से घट्दा ३ अर्ब ८ करोडको कारोबार

नेपालखोज २०७८ मंसिर १४ गते १५:४०

काठमाडौं । नेप्से आज पनि घटेको छ । अघिल्लो दिन २१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज भने एक दशमलव ६४ अंकले घटेर २६ सय २८ दशमलव ३७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १८ अंकले बढेर चार सय ९५ दशमलव ६३ अंकमा चढेको छ ।

दुई सय २५ वटा कम्पनीको ४१ हजार पाँच सय ८५ पटकको कारोबारमा ६४ लाख ४७ हजार चार सय ४९ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम तीन अर्ब आठ करोड ९० लाख ४१ हजार नौ सय ९१ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा सात वटा समूहको सूचक घटेर ६ वटा समूहहरुको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ५६ अंकले घटेर १७ सय ६१ दशमलव ३७ अंकमा झरेकामा जीवनबिमा समूहको सूचक ६९ दशमलव ६४ अंकले घटेर १३ हजार नौ सय ७२ दशमलव २२ अंकमा झरेको छ ।

यसैगरी ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज ४० दशमलव ८८ अंकले बढेर ४९ सय ३७ दशमलव चार अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ९६ दशमलव ६ अंकले बढेर ११ हजार सात सय ७१ दशमलव २४ अंकमा पुगेको छ । यसैगरी जलविद्युत्, फाइनान्स, अन्य र सामूहिक लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर चार सय १९ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ७७ प्रतिशतले घटेर १६ सय १६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरी आज आईसीएफसी फाइनान्सको प्रतिकित्ता आठ सय ९० रुपैयाँ अन्तिम मूल्यमा १६ करोड दुई लाख ७६ हजार पाँच सय ५२ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया