सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ मंसिर १५ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन ४ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया