शनिबार, जेठ ४, २०८२

चौबीस घण्टामा थपिए ३१६ संक्रमित, २५९ डिस्चार्ज

नेपालखोज २०७८ मंसिर १५ गते १६:४७

काठमाडौं । नेपालमा गत चौबीस घण्टमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १० हजार ९१९ जनाको परीक्षण गर्दा २८५ र १ हजार १०८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३१ जना गरि कुल ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर ६ हजार ९५४ जना रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा २५९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ३ हजार १६८ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५२९ पुगेको छ ।

प्रतिक्रिया