कांग्रेसले बाँकी रहेका जिल्लामा महाधिवेशन पछि अधिवेशन गर्ने
नेपालखोज
२०७८ मंसिर १६ गते १४:२७

काठमाडाैं । नेपाली कांग्रेसले बाँकी रहेका जिल्लाहरूमा महाधिवेशन पछि मात्रै अधिवेशन गर्ने भएकाे छ । केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गरेर बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन स्थगित गरेको जनाएकाे हाे ।
कांग्रेसले सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन गर्दैछ । कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिसकेको छ ।

सम्बन्धित
प्रतिक्रिया