शनिबार, वैशाख १३, २०८२

काेराेना भाइसर: एकै दिन दुई सय ४२ जनाकाे मृत्यु

नेपालखोज २०७६ फागुन १ गते ९:१६

०१ फाल्गुन, काठमाडाैं । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण बुधबार मात्र एकैदिन दुई सय ४२ जनाको ज्यान गएको र १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको ।

कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना भएकाे अधिकारीहरुले बताएका छन् । हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हाे । त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् ।

प्रतिक्रिया