शनिबार, जेठ ४, २०८२

थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

नेपालखोज २०७८ मंसिर १६ गते २३:००

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवतरुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए । उनले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने बताए । बैंक संचालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाको आधारमा पनि राष्ट्रिय वाणिज्य बैंक एक नम्बरको बैंक हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ्ग सेवा दिदैं आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा न.४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, नेपाल निर्माण सामाग्री ब्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया