हेली रेस्क्यूमा नर्भिक आक्रामक बन्दै

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल अन्तराष्ट्रिय स्तरको हेली रेस्क्यूको सेवा प्रवाहमा आक्रामक बनेको छ । विशेषज्ञ चिकित्सकहरुसहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्दार (रेस्क्यू)को सेवा प्रवाहमा नर्भिक आक्रामक बनेको हो ।
गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाईमा नर्भिकको हेलीरेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।
कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौं गम्भीर बिरामीहरुलाई हेलीकोप्टरबाट उद्धार गरेको थियो । कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्यूको माग समेत ह्वात्तै बढेको मिश्र बताउँछन् ।
प्रतिक्रिया