आइतबार, जेठ ५, २०८२

पितृका नाममा बालिएको बत्ती वाग्मतीमा सेलाइयो (फोटो फिचर)

नेपालखोज २०७८ मंसिर १७ गते १५:०३

काठमाडौं । बालाचर्तुदशी पर्वका अवसरमा पशुपतिनाथ, देवघाटधामलगायत देशका विभिन्न धार्मिकस्थलमा शतबीज छरिएको छ । राति जाग्राम बसेर पितृको नाममा दियो बाल्दै बिहानदेखि शतविज छर्ने धार्मिक परम्परा रहँदै आएको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून संख्यामा मानिस आएको भए पनि यस वर्ष धार्मिकस्थलमा ठूलो भीड लागेको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार बेलुकादेखि पितृको नाममा रातभरि दियो बालेर बस्नेहरू हजारौंको संख्यामा देखिन्थ्यो । पशुपति क्षेत्र विकास कोषले पनि मन्दिर परिसरमा रातभरि दियो बालेर बस्नका लागि भक्तजनलाई खुला छोडेको थियो ।

रातभरि दियो बालेर भजनकिर्तन र जप गर्दै बसेका भक्तजनहरूले वाग्मती नदीमा बिहान ३ बजेदेखि दियोको विसर्जन गरेपछि शतबीज छरेका छन् । रातभरि नबस्नेहरू बिहानैदेखि पशुपतिनाथ परिसरमा पितृको नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीको अघिल्लो रात पशुपतिका ठूलो मेला नै लाग्ने गरेको छ ।

तस्विर : रासस

प्रतिक्रिया