‘पार्टीको भविष्य सुनिश्चित गर्न प्रदेशदेखि केन्द्रसम्म ठिक नेतृत्व चयन गर्न आवश्यक’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको भविष्य सुनिश्चित गर्नको लागि प्रदेशदेखि केन्द्रसम्म ठिक नेतृत्व चयन गर्नु पर्ने बताएका छन् ।
शुत्रबार आफ्नै समुहको वाग्मती प्रदेश उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंह पार्टीलाई अहिलेको अवस्थामा राख्न नहुने बताएका छन् । ‘पार्टीको भविष्य सुनिश्चित गर्नको लागि प्रदेशदेखि केन्द्रसम्म ठिक नेतृत्व चयन गर्नु पर्दछ । सक्षम व्यक्ति नेतृत्वमा आउन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई अहिलेको अवस्थामा नै राख्ने हो भने कांग्रेस र जनताको भविष्य विग्रन्छ । पार्टीमा सुधार आवश्यक छ ।’

साथै उनले सभापति पार्टीको अनुहार भएको भन्दै त्यसैअनुसार काम गर्नु पर्ने उनले बताए । नेतृत्वलाई जनताले विश्वसा नगर्दा गत चुनावमा पराजय भोग्नु परेको उनको भनाई छ । लोकतन्त्र जोगाउनका लागि ठिक नेतृत्व र ठिक समुहलाई भोट दिनुपर्ने उनको भनाई छ ।
नेता सिंहले वाग्मती प्रदेश सभापतिका उम्मेदवार जगदीश नरसिंह केसीको समुहलाई विजय गराउन समेत आग्रह गरेका थिए। पार्टीको भविष्य सुनिश्चित गर्नको लागि केसीको समुहलाई मत दिनु पर्ने उनले बताए ।
प्रतिक्रिया