प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । आज (शनिबार) प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार शनिबार राति प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । साथै प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
यसैगरी भोलि (आइतबार) दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का सम्भावना रहेको र वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले सर्वसाधारणमा अपिल गरेको छ ।
प्रतिक्रिया