माओवादी केन्द्र समाजवादीद्वारा एमसीसी खारेज गर्न आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्दै जबरजस्ती संसदबाट पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको छ ।
कार्यक्रममा एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा लाखौ जनताको हस्ताक्षर अभियान संचालन गर्ने भएको जानकारी दिएको हो । समाजवादीले हस्ताक्षर कार्यक्रम सफल पार्न सम्पुर्ण राजनीतिक दल,नागरिक समाज, आम नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमससी सम्झौता नभएको स्पष्ट पारे । उनले सम्झौता नेपालको परराष्ट्र नीतिको विरुद्धमा भएको पनि जिकीर गरे । नेपालमा मात्र अमेरिकी ७२ वटा आइएनजिओ भएको भन्दै उनीहरुको बारेमा आफुहरुले विरोध नगरेको पनि बताए ।
प्रतिक्रिया