सोमबार, जेठ ६, २०८२

निर्वाचन समितिद्वारा आचारसंहिता जारी

नेपालखोज २०७८ मंसिर २२ गते १९:२२

काठमाडौं । आगामी मंसिर २४ देखि काठमाडौंमा हुन गइरहेको कांग्रेसको १४औँ महाधिवेशनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा कसैको व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार गर्न नपाइने उल्लेख छ ।

त्यस्तै, केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा, भृकुटीमण्डप र राष्ट्रिय सभागृह कांग्रेसको महाधिवेशन क्षेत्र भएकाले यी ठाउँको पाँच सय मिटर वरपर चुनावसँग सम्बन्धित भित्ते लेखन, तुल, ब्यानर, पर्चा पम्प्लेट, माइकिङलगायतका प्रचारप्रसार गर्न पाइने छैन ।

निर्वाचन समितिले आचारसंहिता विपरित त्यस्तो गरेको पाइएमा हटाउने जनाएको छ । त्यस्तै मतदानस्थल भृकुटीमण्डप र राष्ट्रिय सभा गृहभित्र मोबाइल फोन प्रतिबन्ध गरिएको पनि केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया