सोमबार, जेठ ६, २०८२

बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु

नेपालखोज २०७८ मंसिर २३ गते ६:५५

बाजुरा । बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको छ । हिमाली गाउँपालिकाको धुलाचौरमा बुधबार जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको हो ।

हिमाली गाउँपालिका वडा नं ६ पाडीका विर्ख रोकायाका छोरा अंकित रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ जीपले ठक्कर दिर्दा घाइते बालकको उपचारको लागि ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।

सदुरपश्चिम प्रदेश ०१ ००१ ज ११६४ नम्वरको जिपले ठक्कर दिएको र गम्भीर अवस्थामा रहेका रोकायालाई थप उपचारका लागि कोल्टी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया