कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै
नेपालखोज
२०७८ मंसिर २३ गते ७:५०

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न आज बिहान ८ बजे बैठक बस्दैछ । हिजो साँझ बसेको बैठक बिना निष्कर्ष सकिए पछि कांग्रेस नेता गुरुराज घिमिरेले आज बिहान ८ बजे केन्द्रीय समितिका सदस्यहरु बसेर साझा उम्मेदवार चयन गर्ने बताएका थिए ।
कांग्रेस नेता डा रामशरण महतले भने अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया