सोमबार, जेठ ६, २०८२

‘महाधिवेशनका लागि उत्साहपूर्वक आएका नेता-कार्यकर्ता उत्साह बोकेरै फर्किन्छन्’

नेपालखोज २०७८ मंसिर २३ गते ११:५६

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् ।

सहमहामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे । उनले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने पनि बताएका छन् ।

महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता-कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे ।

प्रतिक्रिया